दफा १२
अनुमतिपत्रको नवीकरण
(१) अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा तीन महिना अगावै मन्त्रालयले तोकेको अधिकारी समक्ष अनुसूची-२ बमोजिमको दस्तुर तिरी निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम नवीकरणका लागि निवेदन दिएमा त्यस्तो अनुमतिपत्र प्राप्त संस्थालाई ऐनको दफा १३ को उपदफा (७) बमोजिम जाँचबुझ गरी सोही दफाको उपदफा (४) बमोजिम अनुमतिपत्र नवीकरण गरिदिनु पर्नेछ।